Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने


    सोमबार, मंसिर २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बस्ने भएको हाे ।

    बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित हुने बताइएको छ । यस्तै बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा पनि हुने छ ।

    अभियान अन्तर्गत जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्म पुनर्गठन गरेको छ । जसअन्तर्गत करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका जसपाले जनाएको छ । यसैगरी जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पनि पुनर्गठन गरिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार