काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा हुँदै नभएको संकट भनेर जनतालाई आतंकित बनाउने काम गरेको आरोप लगाएका छन् । आज धनगढीमा आयोजित सुदूरपश्चिम महत्वसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्र दबाबमा भएपनि केही महिनाभित्र लयमा जाने उनको विश्वास छ । सरकार, निजी क्षेत्र, विज्ञबाट समेत बिस्तारै अर्थतन्त्रले लय पक्रिने सकारात्मक संकेत देखा परेको बताएका उनको जिकिर छ ।
‘केही नकारात्मक चिन्तन बोकेकाले हुँदै नभएको संकटलाई संकट–संकट भनेर जतालाई आतंकित गर्ने प्रयास गरेका छन् । अर्कोतर्फ सरकार, निजी क्षेत्र र विज्ञहरूबाट अर्थतन्त्रले बिस्तारै लय पक्रिन लागेको संकेत देखिएको बताउँदै आएका छन्’, प्रधानमन्त्रीले भने, ‘अझै अर्थतन्त्र केही दबाबमा रहेता पनि आत्तिनुपर्ने अवस्था छैन । बिस्तारै लयमा जाँदै छ । विदेशी मुद्रा संचिति बढ्दै गएको छ । रिमिट्यान्स वृद्धि हुँदै गएको छ । त्यसकारण अराजक नकारात्मक सोच भएकाहरूले भ्रम छर्ने काम गरेका छन् ।’
त्यस्तै राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास गरे । उनले अर्थतन्त्र सुधारका लागि आफूले यसअघि नै मौद्रिक नीतिसम्बन्धी बोर्डको बैठकले सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधिहरू, अर्थतन्त्रका विज्ञहरू, प्रतिपक्ष र सत्ता पक्षलाई बोलाएर गम्भीर छलफल गरेर केही निष्कर्ष निकालेको जिकिर गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend