Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यौन दुर्व्यवहारको आरोपमा होटेल व्यवसायी पक्राउ


    बिहिबार, असोज २९ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । जनकपुरधामका एक होटेल व्यवसायी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । बिहिबार जेसिएफ होटेल सञ्चालक प्रमोद यादवलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो । 

    कक्षा ९ मा अध्यनरत एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बेंगा शिवपुर बस्ने अन्दाजी ३८ वर्षीय यादवलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

    किशोरीले जिल्ला प्रहरी कार्यालय धनुषामा जेएफसीका सञ्चालक यादवसहित ३ जनाविरुद्ध उजुरी दिएकी थिइन् । पक्राउ परेका आरोपित यादवमाथि थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार