Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेपमा सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले बयानका लागि डाक्यो राहुल महरालाई


    मंगलबार, मंसिर १९ २०८०
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भेपमा सुन लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका राहुल महरालाई बयानका लागि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको छ।

    आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन आज म‌ंगलबार पत्राचार गरेको हो।

    उनको र यसमा संलग्न अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ।

    पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १३ गते पक्राउ गरेको थियो। भेपमार्फत सुन तस्करी गरी ल्याएको सुन चोरी भएको घटनामा पहिलो चरणको अनुसन्धानबाट महरा बाबुछोराको कनेक्सन तस्करसँग देखिएको थियो।

    तर पहिलो चरणमा प्रहरीले उनीहरूमाथि अनुसन्‍धान गरेको थिएन। दोस्रो चरणको अनुसन्धानमा प्रहरीले महरालाई पक्राउ गरी मुद्दा चलाएको हो।

    अनुसन्धान सकेर सरकारी वकिल कार्यालयले असोज २४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। असोज २६ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो।

    सरकारले गत असोज १६ गते सुन तस्करी सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो।

    यस आयोगले असोज १७ गतेदेखि औपचारिक रूपमा काम थालेको थियो। यसले भेपमार्फत ९ किलो सुन तस्करी, ब्रेक शुमार्फत भएको ६० किलो तस्करी लगायतबारेमा छानबिन गर्न आयोग बनाएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार