Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारत फेरि सीमा सम्बन्धि प्रश्नबाट पछि हट्याे


    बिहिबार, असोज २९ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। भारत फेरि एक पटक सीमा सम्बन्धि प्रश्नबाट पछि हटेकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको कालापानीको विषयमा वार्ताको सम्भावनाबारे सोधिएको प्रश्नमा अहिले आफ्नो केही भन्नु नभएको बताएका छन् ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्तामा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा नेपालमा मन्त्रिपरिषदको पुनर्गठन भएको छ अब कालापानीको विषयमा वार्ताको कुनै कुरा अगाडि बढ्छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘सिमाको विषयमा मैले यस अगाडि नै पोजिसन स्पष्ट पारिसकेको छु, यस विषयमा अहिले भन्नु केही छैन ।’

    नेपालले नयाँ नक्सा जारी गरेपछि र संविधान जारी गरेपछि त्यसलाई कृत्रिम भन्दै भारतले स्वीकार नगर्ने बताएको छ । पछिल्लो समयमा नेपालले वार्ताको लागि आग्रह गरेपनि भारत भने मौन रहँदै आएको छ । पछिल्लो समयमा विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो प्रश्न निरन्तर सोधिएको छ तर प्रवक्ताले केही पनि बताउन चाहेका छैनन् । नेपालले भने वार्ताका लागि आग्रह गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार