Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्तमान सरकार एक वर्षमै थोत्रो भयो : ओली


    सोमबार, मंसिर १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार थोत्रो भएको दाबी गरेका छन् । समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत वीरेन्द्रनगरमा गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् ।

    ‘यो सरकार एक वर्षमै थोत्रो भइसक्यो, कुनै नीति, विधि छैन,’ ओलीले भने, ‘राष्ट्रियता कमजोर बन्दै गएको छ । राष्ट्रिय हितमा सरकार अड्न सकिरहेको छैन ।’

    देशमा भ्रष्ट्राचार, तस्करीको जालो बढेको पनि ओलीको भनाइ छ । इतिहासमा कहिल्यै नभएका घटना अहिले भएको पनि उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार