Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सञ्चार सेटसहित ‘नक्कली’ प्रहरी पक्राउ


    बिहिबार, असोज २९ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय अपराध महाशाखाले एक जना ‘नक्कली’ प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडोदेवी गाउँपालिका वडा नम्बर–६ का २८ वर्षीय गोविन्द खड्का रहेका प्रहरीले जनाएकाे छ ।

    महाशाखाको टोलीले खड्कालाई काठमाडौंको टोखा नगरपालिका वडा नम्बर–८, बानियाँटारबाट पक्राउ गरेको हाे । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले दुई वटा प्रहरीको जस्तो देखिने सञ्चार सेट खड्काको साथबाट बरामद गरिएको बताए।

    ‘गोविन्द खड्का’ लेखिएको नेम प्लेट, नेपाल प्रहरीको जस्तो देखिने युनिफर्महरू, प्रहरीले लगाउने जुत्ता, मतदाता परिचय–पत्र, सिठी दुई थान, बा ७८ प १६२ नम्बरको मोटरसाइकल, चालक अनुमति पत्र र चार थान मोबाइल पनि बरामद भएको कार्कीले बताए।

    प्रहरी उपरीक्षक कार्कीका अनुसार सन् २०१४ को जनवरीमा सगरमाथा आरोहणका लागि आएका विदेशी पर्यटकहरूले खाना बनाउने र चालक काम गर्ने नेपालीलाई राख्न दिएको ती सञ्चार सेटहरू खड्काले दुई वर्षदेखि दुरुपयोग गरेको देखिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार