Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकम कति?


    आइतबार, मंसिर १७ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आईतबार शेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ७.२९ अंकले घटेर १८५१ को विन्दुमा कायम हुन पुगेको हो ।

    आज नेप्सेमा कारोबार भएको २९३ कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १२ वटा उपसूचकमा राताम्मै भएको छ ।

    सेयर बजारमा गिरावट आउँदा माउन्टेन इनर्जी लिमिटेड, यूनाइटेड इदी मार्दी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ६.३३ प्रतिशत, कुमारी इक्विटी फण्डको ५.८९ प्रतिशतले घटेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार