Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ: ओली


    शनिबार, मंसिर १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुने बताएका छन् । मध्य पहाडी लोकमार्ग पदयात्राको क्रम आज अछाम सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई समेत निर्देशन दिए।

    ‘ढिलोमा ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ। एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने,‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’

    एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको उनको भनाइ छ । पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे। पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार