Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • हिमालहरु तत्काल जोगाउन पहल गरौं: प्रधानमन्त्री


    शनिबार, मंसिर १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राषट्रसंघीय जलवायु सम्मेलन कोप-२८ लाई सम्बोधन गर्दै आफू निर्दोष जनताको न्यायका लागि उभिएको उल्लेख गरेका छन्।

    संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबईमा जारी कोप-२८ लाई शनिबार सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले भने, ‘हाम्रा मानिसहरुले जलवायुजन्य विपद्‍को ठूलो चपेटामा परेका छन्। यो अन्याय हो र यसलाई तत्काल रोक्‍नुपर्छ। म मेरा निर्दोष जनताको जलवायु न्यायका लागि यहाँ उभिएको छु।’

    उनले नेपाल पेरिस सम्झौता कार्यान्वयनमा पूर्ण प्रतिबद्ध भएकोसमेत बताएका छन्। उनले भने, ‘हामी पेरिस सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं। सन् २०४५ सम्म नेट जिरो लक्ष्य पूरा गर्न प्रतिबद्ध छौं। हामीले स्वच्छ उर्जाका लागि जलविद्युतमा काम गरिरहेका छौं।’

    प्रचण्डले जलावयु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा हिमालहरु तनावमा रहेको उल्लेख गर्दै हिमाल जोगाउन बताएका छन्। आईपीसीसीको रिपोर्टलाई उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिमालको एक तिहाइ हिउँ गुमाएका छौं।’

    यही शताब्दीको अन्त्य सम्ममा अर्को एक तिहाइ गुमाउने वैज्ञानिकहरुले चेतावनी दिएको पिन प्रधानमन्त्री प्रचण्डले बताएका छन्। थपे, ‘यो वेकअप कल हो। हिमालहरु मानव सभ्यता, जैविक विविधता र पारिस्थितिक प्रणालीका आधार हुन्। हिमालहरुले पृथ्वी र पृथ्वीका मानिसहरुलाई विश्वव्यापी सेवा दिइरहेका छन्, हिमालहरु जीवनयापनका स्रोत हुन्।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार