Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार भन्छन्– यात्रु छुटाउने विषय क्षम्य हुन सक्दैन


    बिहिबार, मंसिर १४ २०८०
    790
    Shares
    जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राति संयुक्त अरब इमिरेट्स जानुहुने क्रममा जहाज चढ्न क्रममा अभिवादन गर्नुहुँदै । तस्बिर ः प्रदीपराज वन्त÷रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल एयरलाइन्सका यात्रु अलपत्र पारिएको विषय क्षम्य हुन नसक्ने टिप्पणी गरेका छन् ।

    बुधबार राति प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई जाने क्रममा दुई महिनाअघि टिकट लिएका ३१ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पारिएको थियो । यात्रु छुटाएको वा उडान अगाडि सारिएको विषय प्रधानमन्त्रीलाई जानकारी नभएको उनको भनाइ छ ।

    “प्रधानमन्त्रीज्यूका लागि एक हप्ताअगाडि टिकट लिइएको थियो । उहाँलाई दिइएको समय ९ः३० बजेको थियो र ९ः३० मै उहाँ उड्नुभएको हो,” प्रेस सल्लाहकार आचार्यले भने, “प्रधानमन्त्रीलाई यात्रु छुटेको विषय जानकारी छैन । त्यसरी छुटाइएको हो भने त्यो क्षम्य विषय हुन सक्दैन ।”

    टिकट लिएका यात्रुलाई छुटाइएको भए त्यसको जिम्मा सम्बन्धित पक्ष (एयरलाइन्स)ले नै लिनुपर्ने आचार्यले बताए ।

    उनले प्रचण्ड विशेष विमानबाट नभएर नियमित उडानमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएको जानकारी दिए । उडान तालिका परिवर्तन गरिएको पनि प्रधानमन्त्री र सचिवालयलाई जानकारी नभएको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार