Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोप– २८ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड युएईमा, के छ आजको तालिका ?


    बिहिबार, मंसिर १४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप– २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो राति त्यसतर्फ गएका थिए ।

    स्थानीय समयअनुसार बुधवार राति करिब १ः३० बजे प्रचण्ड दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए ।

    दुबई विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत त्यहाँस्थित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

    प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उनले साँझ नेपाल उद्योग वाणिज्य महासंघ, दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

    उक्त कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म दुबईमा हुँदैछ ।

    प्रधानमन्त्रीले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिने स्रोतले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार