Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत


    बुधबार, मंसिर १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

    महोत्तरीको जलेश्वरमा रास्वपाको केन्द्रीय समिति बैठक जारी छ। उक्त जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो। आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् ।

    त्यस्तै रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए। स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, हरि ढकाल, मनिष झा, सन्तोष परियार, डा तोसिमा कार्की, निशा डाँगी, विनिता कठायत, डा चन्दा कार्की, असिम शाह, लक्ष्मी तिवारी, अशोक चौधरी, शिव नेपाली केन्द्रीय सदस्यमा मनोनीत भएको एक नेताले जानकारी दिए।

    यसअघि रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय थियो। मोहन थापाले ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार