Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारको निर्णय: राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने


    बुधबार, मंसिर १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालले सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

    आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले फागुनमा रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    यसअघि निर्वाचन आयोगले पनि माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।

    राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सदस्य पद फागुन २० गते देखि रिक्त हुँदैछ।

    उक्त रिक्त हुनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार