Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार २६ सय ३८ कोरोना संक्रमित थपिए, डिस्चार्ज भए २१ सय ७४ जना


    बुधबार, असोज २८ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना भाइरसका थप २ हजार ६ सय ३८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । 

    यस्तैगरी पछिल्लो २४ घण्टामा २ हजार १ हजार ७४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८० हजार ९ हजार ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८.६ प्रतिशत रहेको छ । 

    यससँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ९ ;o ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

    देशभरका संस्थागत आइसोलेसन १४ हजार ८ ;o १९ जना र होम आइसोलेसनमा २१ हजार ५ ;o ४८ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६ सय ६६ जना क्‍वारेन्टिनमा रहेका छन् । 

    देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भैरहको छ । देशभर ३ सय ५ जना आईसीयूमा राखेर उपचार भैरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार