Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३० वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ


    बुधबार, असोज २८ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष सजाय सुनाएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

    ३० वर्षदेखि फरार रहेका अभियुक्त बारा सिम्रौनगढ नगरपालिका-७ का श्यामकिशोरप्रसाद कुशवाहलाई प्रहरीले पक्राउ गरेको हो।

    उनलाई प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले बुधबार पक्राउ गरेको हो। उनलाई नेपाल-भारत सिमाक्षेत्र सिम्रौनगढ-२ बाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।

    सोही नगरपालिका-६ का जयमंगल प्रसादको २०४४ साल असोज १२ गते हत्या भएको थियो। सो हत्यामा बारा जिल्ला अदालतले २०४७ साल असोज २८ गते कुशवाहलाई १० वर्ष कैद सजाय सुनाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार