Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शान्तिवार्ताकै‌ बीच तालिबानको भीषण आक्रमण, १६ सुरक्षाकर्मी मारिए


    बुधबार, असोज २८ २०७७
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काबुल । अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकुले सैन्यबलबीच भीषण झडप भएको छ । सो झडपमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

    बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालयनजिक पनि भिडन्त भइरहेको छ ।

    तालिबानतर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन । अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ । उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

    अफगान सरकार र तालिबानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडप नियमित रूपमा भइरहेका छन् । तालिबान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलता रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार