Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन-चाँदीको मूल्यले फेरि तोड्यो रेकर्ड, अहिलेसम्मकै उच्च विन्दुमा


    सोमबार, मंसिर ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डाै। यस मंसिर महिनामा विवाह लगायत विभिन्न धार्मिक अनुष्ठानमा खपत बढ्ने हुँदा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

    जसअनुसार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

    सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएकाे हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

    यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार