Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही हुने


    बुधबार, असोज २८ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापनरहित बनाउनैपर्ने जनाएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि चेतावनी दिएको छ ।

    विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनमुक्त अर्थात् क्लिन फिड हुनैपर्ने भन्दै मन्त्रालयले कुनै पनि बहानामा अब क्लिन फिड लागू गरेरै छाड्ने जनाएको छ । 

    इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

    ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ । 

    0628-page-001_jbr6FfDTHD.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार