Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय सांसद पहाडीको निधन


    बुधबार, असोज २८ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ। लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो। 

    दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा  सहभागी भएकी थिइन्।

    ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन्।

    उनको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार