Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मापसे गर्दै प्रहरीलाई दुर्व्यवहार गर्ने लिम्बू पक्राउ


    बुधबार, असोज २८ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुर नगरपालिका–९ ब्रम्हायणीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गर्ने पुरुष पक्राउ परेका छन् । ललितपुर लामाटार बस्ने झापा अर्जुनधारा घर भएका ३६ वर्षीय बिक्रम लिम्बूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    लिम्बुले मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात समेत गरी अभद्र व्यवहार गरेपश्चात बा८७ प ३९७२ नम्बरको मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार