Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • समाजवादी वा पुँजीवादी व्यवस्थाबारे जनमत संग्रह गरौँः विप्लव


    आइतबार, मंसिर १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ । हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ । तर देश पुरै कंगाल हुँदै जाने, ध्वस्त हुँदै जाने, निकास पनि दिन नमान्ने, हाम्रो विरोधी तत्वहरूले टाउको उठाउने, देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न हुँदैन’, उनले भने ।

    देश अब राजतन्त्रमा फर्किन नसक्ने निष्कर्ष निकाल्दै उनले अहिलेको व्यवस्था पनि फाल्नुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार