Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने


    मंगलबार, बैशाख १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।

    वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

    बैठकको निर्णय सुनाउदै उनले भने- ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’

    उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार