पोखरा, कास्की । पर्यटकीय नगरी पोखरा यतिबेला एउटा गम्भीर र डरलाग्दो आपराधिक सञ्जालको चंगुलमा फसेको खुलासा भएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नाममा पोखरामा फेरि आतंक शुरु भएको छ ।
राजनीतिक शक्तिको फेरो समातेर पोखराका स्थापित व्यवसायी, शैक्षिक संस्था, अस्पताल र सार्वजनिक सम्पत्तिमाथि लगातार भइरहेका क्रूर डकैती, आगजनी, अपहरण र फिरौती असुलीको एउटा लामो र संगठित फेहरिस्त फेलापरेको छ ।
गएको जेठ ९ गते साँझ लेकसाइडस्थित होटल र ‘फ्रेस इलिमेन्ट्स’ रेष्टुरेन्टका सञ्चालक ५४ बर्षीय रामचन्द्र कार्कीसँग २५ लाख फिरौती माग्ने क्रममा मुख्य अभियुक्त प्रकाश बास्तोला (बिरौटा निवासी) वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा परेपछि यो गिरोहको आपराधिक साम्राज्यको दैलो उघ्रिएको हो । वास्तोलालाई अहिले प्रहरी हिरासतमा छन् । उनीमाथिको अनुसन्धान सम्पन्न भएपछि प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
के भएको थियो त्यो साँझ
मिति २०८३ साल जेठ ९ गते साँझ अन्दाजी ८ः०० बजे प्रकाश बास्तोला र उनका साथीहरू व्यवसायी रामचन्द्र कार्कीको होटल कम्पाउण्डमा प्रवेश गर्छन् । आफूलाई विप्लव समूहको कार्यकर्ता चिनाउँदै उनीहरूले सिधै २५ लाख रुपैयाँको ‘चन्दा’ (फिरौती) माग गर्छन् । व्यवसायीले असमर्थता जनाउनासाथ बास्तोलाले मोबाइल (नम्बर ९८५६०५१२९३) निकालेर एउटा स्वचालित बन्दुक र रगत लतपतिएको विभत्स लासको फोटो देखाउँदै भन्छन्— “हाम्रो कुरा सुनिस् भने तेरो र तेरो परिवारको हालत यस्तै हुन्छ ।’
तर्साउने क्रम यतिमा रोकिँदैन । बास्तोलाले घमण्डका साथ प्रहरी प्रशासनलाई चुनौती दिँदै भनेका थिएः
“मविरुद्ध पहिले नै २२ वटा मुद्दा दर्ता छन्, एउटा मुद्दाले केही गर्दैन । प्रहरी महानिरीक्षक दानबहादुर कार्की सरमाथि समेत बम प्रहार गर्ने र प्रहरीलाई सजाय दिने मै हुँ । मेरो घरमा अझै ७ वटा बम तयारी अवस्थामा छन् ।’
व्यवसायीको परिवार र बच्चाको रेकी (निगरानी) समेत गरिसकेको भन्दै बम हानेर सखाप पार्ने धम्की दिएर यो गिरोह निस्किन्छ र लगत्तै कार्कीकै अर्को रेष्टुरेण्ट फ्रेस इलेमेन्ट्समा पुगेर फेरि धम्क्याउन थाल्छ । तर व्यवसायी र स्टाफको चलाखी तथा प्रहरीको तत्कालको एक्सनका कारण बास्तोला घटनास्थलबाटै रङ्गेहात समातिन्छन् । हाल यो मुद्दालाई अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल समक्ष अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
अभियुक्त छुटाउन पत्रकारकै भूमिका ?
प्रहरी हिरासतमा रहेका प्रकाश बास्तोलालाई छुटाउन आफूलाई पत्रकार भन्ने एक व्यक्तिको भूमिका समेत प्रहरी निगरानीमा परेको छ । पोखराको प्रतिष्ठित अनलाइनका सम्पादक रहेका उनले पीडितलाई भेटेर मुद्दा मिलाउन दबाव दिएको सीसीटीभी फूटेजसमेत प्राप्त भएको छ । अभियुक्त वास्तोला र पत्रकारबीच बीचको मिलेमतोमा विभिन्न आपराधिक घटनाहरु घटाइएको समेत पाइएको छ । सोही घटनासँग सम्बन्धित अभियुक्तलाई बचाउने कोसिसमा लागेका ती पत्रकार विरुद्ध अहिले प्रेस काउन्सिल नेपालले कारबाही शुरु गरेको छ ।
हेर्नुस् भिडियो :
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend