सप्तरी। सप्तरीमा प्रहरीलाई तस्करको समूहले आक्रमण गरेको छ । तस्करको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन्।
यो घटना मंगलबार राति १० बजे राजविराज नगरपालिका-१३ मुसहर्नियाँमको हो। जहाँ प्रहरी र तस्करहरुबीच झडप भएको थियो।
भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए। ६०-७० जना स्थानीय भेला भएर प्रहरीमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार तस्कर समूहका सहयोगी गाउँलेले भाला लगायतका घरेलु हतियारहरू बोकेर आएका थिए ।
आफ्नो सुरक्षाको लागि प्रहरीले चार राउण्ड हवाईफायर समेत गरेको थियो।
पछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटिएको थियो।