काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले जहाजको उपलब्धता र संस्थाको पुनर्संरचना एक अर्कालाई रोकेर गर्ने विषय नभएको टिप्पणी गरेको दिएको छ ।
संस्थाको पुनर्संरचनाबारे प्रश्न उठिरहेका बेला आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले यी दुई विषय एक अर्कालाई रोकेर गर्ने विषय नभएको बताएको हो ।
निगमको दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाज आवश्यक रहेको भन्दै पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया दिएको हो ।
निगमले दुर्गम भेगमा उडाउने गरी ३ वटा ट्वीनअटर जहाज किन्दैछ । यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने निगमको दाबी छ ।
‘६ महिनाको अन्तरमा यी जहाज ल्याइने र सबै रकम एकमुष्ट तिर्नु नपर्ने भएकाले यसको व्यवस्थापन गर्न निगम सक्षम छ,’ प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निगमले पारदर्शी ढंगले जहाज खरीद प्रक्रिया अगाडि बढाएको र यसका लागि तालुक मन्त्रालयबाट अनुमति लिएको समेत बताएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend