काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेलले विनियमावली बिपरीत नियुक्ति गरिएका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ । ८० बर्षको उमेर पार गरिसकेका श्रेष्ठलाईै नियुक्ति गरेर मन्त्री पौडेलले बिनियमावलीको ठाडै उल्लंघन गरेका थिए ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले बिहीबार श्रेष्ठको नियुक्ति कानुनसम्मत नरहेको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो । श्रेष्ठविरुद्ध उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।
सरकारले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्त गर्दा पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ विपरीत भएको सर्वोच्चको ठहर छ ।
उक्त मापदण्डअनुसार सार्वजनिक निकायको कार्यकारी प्रमुख पदमा नियुक्त हुने व्यक्ति ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । तर, श्रेष्ठ ६५ वर्ष उमेर पार गरिसकेको अवस्थामा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
श्रेष्ठ निगमबाट अवकाश भएको ३४ वर्षपछि पुनः कार्यकारी नेतृत्वमा नियुक्त भएको विषयलाई समेत चुनौती दिँदै कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले श्रेष्ठको नियुक्ति बदर गरे पनि रिट निवेदक कार्कीले आफूलाई नै कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने माग भने अस्वीकार गरेको छ । आदेशमा कार्कीको उक्त दाबी पुग्न नसक्ने उल्लेख गरिएको छ ।
फैसलासँगै श्रेष्ठ कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक पदबाट मुक्त भएका छन् । वालेन्द्र सरकारले निगममा सेनाबाट अवकाशप्राप्त अधिकारी दीपकप्रसाद बाँस्तोलालाई कार्यकारी अध्यक्ष नियुक्त गर्न लागेको थियो । तर संचालक सदस्य नियुक्तिमै प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएपछि बदर भएको थियो ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend