Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारी वर्षाका कारण भारतमा ११ को मृत्यु


    बुधबार, असोज २८ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हैदराबाद । दुई दिनदेखिको भारी वर्षाका कारण भारतमा ११ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार तेलंगना राज्यमा वर्षासँगै आएको बाढीले २ महिने शिशुसहित ११ को ज्यान लिएको हो।

    वर्षाका कारण सडकहरूमा भेल बगेको छ भने बस्ती डुबानमा परेको छ। यस्तै छिमेकी आन्ध्र प्रदेशमा गत २४ घण्टादेखि लगातार पानी परेको बताइएको छ। यसले त्यहाँको जनजीवन कष्टपूर्ण भएको छ।

    अहिले आन्ध्र प्रदेश, तेलंगना राज्य र ओडिसामा लगातार पानी परिरहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार