Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवलपरासी पूर्वमा कोरोना संक्रमित ७४ वर्षीय वृद्धको मृत्यु


    बुधबार, असोज २८ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नवलपरासी पूर्वको मध्यविन्दु-१५ का  ७४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उनको उपचारका क्रममा म‌ंगलबार राति मृत्यु भएको हो ।

    असोज १८ गते श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ती पुरुषमा असोज २० गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

    आईसीयूमा उपचाररत ती व्यक्तिको मंगलबार राति सवा १० बजे मृत्यु भएको बताइएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार