काठमाडौं। विभिन्न देशको पहलमा विद्रोही समूह हमासले इजरायलसँगको युद्धविरामको पहिलो दिन २४ जना बन्धकहरूलाई रिहा गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रसले इजरायली महिला र बालबालिका र थाइल्यान्डका कामदारहरू रिहा भएको जनाएको छ ।
इजरायल-हमास युद्ध सुरु भएको डेढ महिनापछि चार दिनका लागि युद्धविराम भएको हो । युद्धविरामको पहिलो दिन २४ जना बन्धक रिहा गरिएको रेडक्रसले पुष्टि गरेको छ । बन्धकहरू रिहा भएपछि एक्सको पोस्टमा २४ बन्धकहरूको सुरक्षित रिहाइको पुष्टि गर्न पाउँदा खुसी भएको रेडक्रसले उल्लेख गरेको छ ।
मुक्त गरिएका १३ जना इजरायली, १० जना थाई र एक जना फिलिपिनी नागरिक हुन् । इजरायल र हमासले अस्थायी युद्धविरामको अवधिमा चार दिनभित्र ५० बन्धक र १ सय ५० प्यालेस्टिनी कैदी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेको थियो । शुक्रबारै इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीहरू पनि रिहा भएका छन् ।
गत अक्टोबर ७ मा इजरायलमा गरेको हमलाका क्रममा हमासले करिब २ सय ४० जनालाई बन्धक बनाएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामाथि इजरायलको आक्रमणमा हालसम्म १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
तीमध्ये ५ हजारभन्दा बढी बालबालिका हुन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend