Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार चेलीको वायुसेवातर्फ चित्कार


    बुधबार, असोज २८ २०७७
    575
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । देशको सबै ऐन, कानुनले महिलालक्ष्यित हिंसाजन्य कसुरमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरेको त देखिन्छ । तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभित्र असाध्यै यातनामा पिल्सिएका चार चेली कुना पसेर रोइरहेका छन्, देख्ने कोही भएनन् ।

    पाइलट दाजुभाइवि?द्ध चार जना इन्फ्लाइट सुपरभाइजर  (प्रशिक्षक विमान परिचारिका) ले उजुरी हालेका छन्, तर सुनुवाई नहुँदा यस्तो स्थिति आएको हो । सिनियर इञ्जिनियर तथा पाइलट सुवास रिजाल र उनका भाइ श्रवणले दुःख दिएको भन्दै वरिष्ठ इन्फ्लाइट सुपरभाइजर प्रजिता कार्की, प्रदा कार्की, सृजना केसीसहित सोनम बोगल र करिश्मा मालाकारले पूर्वसचिव तथा नेवानि सञ्चालक समिति अध्यक्ष सुशील घिमिरेको ध्यानाकर्षण गराएका थिए । तर, उल्टै रिजाल दाजुभाइले चार चेलीको जागिर एकै गाँसमा सिध्याउन खोजेको बताइन्छ ।

    यी परिचारिका तीन वर्षदेखि आफूमाथि अनेक तवरले ह्यारेसमेन्ट हुने गरेको बताए । उनीहरु ०६१ सालदेखि नेवानिमा प्रवेश गरी ०७४ मा इन्फ्लाइट सुपरभाइजर छनौट भएका हुन् । छानिएको महिना दिनपछि अप्रेसन डाइरेक्टरदेखि नै सुवास रिजाल र श्रवणले निरन्तर मानसिक यातना, धम्की र निरुत्साहनको श्रृंखला शुरु गरेको भन्दै पीडितहरुले बताएअनुसार अख्तियारमा उजुरी परेको छ, राजीनामा देऊ भन्ने गरिएको छ ।

    पत्रकारको सम्पर्कमा आएका परिचारिकाले दुःख सुनाए, ‘तिमीहरुको जागिर मेरो कलमको निबमा छ भन्दै अहिले पनि हामीलाई धम्क्याइरहनुभएको छ ।’

    यसैबीच गत वर्ष अर्की एक परिचारिका दुई जीउकी भइन् । बीचमा  दशैं आयो । बिदा मागिन् । तर, सुवासले ‘जागिर छोड्, छुट्टी मिल्दैन’ भन्दै धम्क्याए । यस्तो दुव्र्यवहारकै कारण अहिले उनी नियमित डिप्रेसनको औषधी खानुपर्ने अवस्थामा पुगेकी छन् ।

    सुवासले मेन्टल ह्यारेसमेन्ट गरेको, पर्सनल कुरा गरेर टर्चर दिएको, अपशव्द र जथाभावी बोलेको भन्दै यसअघि केही परिचारिका र महिला कर्मचारी महिला आयोगमा गुहार माग्न पुगे । तर, कर्मचारीको भरमा चलेको उक्त आयोगबाट यथेष्ट सुनुवाई भएन ।

    सुवासकै कार्यकालमा लाखौं रकम दिने शर्तमा श्रीलंका र भारतबाट  प्रशिक्षक विमान परिचारिकाहरु ल्याएर उनीहरुको भुक्तानी नदिएपछि केही समयअघि रडाको नै मच्चिएको थियो । नेवानिमा अहिले (प्रशिक्षक) परिचारिका छन् । तीन जना हालै थपिएका हुन् । सिनियर प्रशिक्षक परिचारिका प्रजिता, प्रदा, सृजनाहरुले यो अवधिमा मात्र  एक सय ८० भन्दा बढी परिचारिकालाई तालिम दिइसकेका छन् । यो कारण लाखौं रकम विदेश जानबाट रोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार