Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पूर्वराजा ज्ञानेन्द्र बिर्तामोड जाँदै, पृथ्वीनारायणको सालिक अनावरण गर्ने


    शुक्रबार, मंसिर ८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा जाने तयारीमा छन् । बिर्तामोडमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन् ।

    पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसाता देखि झापामै छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन् ।

    पूर्व राजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । त्यस्तै शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल र्याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ । पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम समेत रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार