Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त


    बुधबार, असार २७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सीता दाहालको बुधबार बिहान राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।

    पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पठाएका थिए ।

    पेरिसडाँडामा पुगेर महर्जनले पूर्वराजाको तर्फबाट सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार