Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईको आन्दोलन कमजोर पार्न पूर्वराजा शाह झापामा, फुटको दिशामा राप्रपा


    सोमबार, मंसिर ४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  कमल थापा पछाडि राजेन्द्र लिङ्देनले राजा र हिन्दू राज्यको नाममा राष्ट्रिय प्रजातन्त्र पार्टीको रथ हाँकिरहेका छन् । उनले हिन्दू राज्य र राजातन्त्र पुनः फर्काउने भनेर राजनीतिको रोटी सेकाउने काम गरिरहेका छन् ।

    लोकतन्त्रवादी पार्टीहरुलाई सत्तोसराप गर्ने र राजतन्त्र फर्काउने भन्ने राप्रपा मालदार मन्त्रालयसहित सरकारमा जाने दाउमा भने हरबखत देखिन्छ । गत बर्ष एमालेको समर्थनमा बनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ऊर्जा मन्त्री भएका लिङ्देनले पीपीएका नाममा ठूलो रकम उठाएको चर्चा भएको थियो ।

    हालसालै पनि कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई समर्थन गर्ने र सभामुख लिने, सरकारमा पनि सहभागी हुने दाउमा लिङ्देन थिए । त्यतिमात्र होइन, संघीय सरकारमा पनि मालदार मन्त्रालयसहित सहभागी हुने तय भइसकेको थियो । तर एमाले र कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला समूहले केदार कार्कीलाई मुख्यमन्त्रीमा उठाएपछि लिङ्देनको सपना तुहिन पुगेको थियो । राजा र हिन्दू राज्यको नाममा लिङ्देनले लूट मच्चाउने राजनीति गरेको आरोप छ ।

    राप्रपाकै एक तप्काले मंसिर ७ गतेको काठमाडौंको आन्दोलनलाई कमजोर बनाउन अध्यक्ष लिङ्देनले कुनै शक्तिकेन्द्रको योजनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर ९ मा पृथ्वीनारायणको शालिक सिलान्यास गराउन झापा लैजान लागेको आरोप लगाएको छ । सल्लाहकारहरुको गलत सल्लाह मानेर पूर्वराजा ज्ञानेन्द्र पनि लिङ्देनको निमन्त्रणा स्वीकार्दै झापामा जान लागेको राप्रपाका एक नेताले बताए । बुद्धि नभएका सल्लाहकारको सल्लाह पूर्व राजाले सुनेको ती नेताको गुनासो छ ।

    पूर्वराजाको सचिवालयमा यूरोपियनहरूको ठूलो घुसपैठ भएको आरोप पनि ती नेताले लगाए । ती नेता भन्छन्–भा.रु. १ सयको मात्र रु. १ सय ६० हुन्छ । डलरको १ सयको रु. १२ हजार हुन्छ । डलरका अगाडि इण्डियन, चाइनिज, दरवारका सचिवालय, राजेन्द्र लिङ्देन र कमल थापाहरु के गरुन् ।

    राप्रपाले सिधा जनतालाई र राजालाई नढाँट्ने, गणतन्त्रवादीहरुले दिएको पदमात्रै नखाने, हिन्दू राज्य र राजाका लागि आन्दोलन गर्न सदनबाट राजीनामा दिएर जनतासँग सडकमा आउनुपर्छ यदि यो आँट गरेन भने हामीले लिङ्देनको विकल्पमा सोच्नुपर्छ, राप्रपाका ती नेताले भने–विगतमा कमल थापाले हिन्दूराज्य र राजाका नाममा २०७० मा समानुपातिकमा संसदमा २० सिट पाए, २० सिटमा १५ भन्दा बढी करोडौंको दररेट तोकेर जग्गा दलाल, मारवाडीहरुलाई सांसद बनाएर २०७४ मा राप्रपा एक सिटमा सीमित भएको थियो ।

    लिङ्देनको कार्यशैली यही रहने हो भने त्यही नियति २०८४ मा ब्यहोर्नुपर्नेछ । हिन्दू राज्य राजाको नारालाई देखाउने दाँतमात्र बनाएको र पार्टीलाई पैसा कमाउने माध्यम बनाउँदै गएकाले राप्रपामा भित्रभित्रै असन्तुष्टि चुलिंदै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार