Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रसाईँ र युवा सङ्घको कार्यक्रमलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले भन्यो: तीनकुने र बल्खु आसपासको रुटमा सवारी अवरुद्ध हुनसक्छ


    बिहिबार, मंसिर ७ २०८०
    1.4K
    Shares
    A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज (मंसिर ७) गते बिहीबार हुने आन्दोलनका कारण काठमाडौँको बल्खु र तीनकुने आसपासमा आज सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ । नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।

    युवा सङ्घले सल्लाघारीबाट जुलुस निकालेर साढे १० मा तीनकुने पुग्ने गरी प्रशासनसँग समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रसाईँ नेतृत्वको समूहले बिहान सवा १० बजेपछि भक्तपुरसहित उपत्यकाका ७ ठाउँबाट जुलुस निकाल्ने कार्य योजना सार्वजनिक गरेको छ ।

    जुलुस सुरु भएपछि ती रुटमा चल्ने सवारी–साधन सञ्चालनमा डिस्टर्व हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । जुलुस कार्यक्रम स्थलमा पुगेपछि तीनकुने र बल्खु आसपासको सडकमा सवारी अवरुद्ध हुनसक्ने भट्टले बताए । उनले भने–‘कार्यक्रम स्थलमा पनि दुई लेनमा सवारी सञ्चालन गर्ने हाम्रो योजना छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार