Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बल्खुमा भेला हुँदै छन् दुर्गा प्रसाईंका समर्थकहरु (तस्बिरहरू)


    बिहिबार, मंसिर ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राजावादी अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछ । उक्त अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।

    अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ ।

    त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।

    अहिले प्रसाईंका समर्थकहरु बल्खुमा भेला भइरहेका छन् । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार