Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सम्बन्ध सुमधुर हुन सक्दैन


    बुधबार, मंसिर ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले संकटको अवस्थामा रहेको टिप्पणी गरेका छन्।

    पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै देशको सार्वभौम सत्ता, स्वाधीनतामाथि प्रहार हुँदा गठबन्धन मौन रहेको आरोप लगाए ।

    ओलीले भने- हाम्रो देशको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता जुन गर्व र स्वभाविमानमाथि प्रहार भएको छ । त्यसको स्खलन अहिले गठबन्धनले गराइरहेको छ । देशको लागि खतरनाक कुरा यही छ ।

    उनले आफूहरू छिमेकी देशसँग सुमधुर सम्बन्ध चाहेको बताए ।

    पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने- तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार