Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेणु दाहालको बदनाम गरेको आरोपमा रास्वपाका २ कार्यकर्ता पक्राउ


    बुधबार, मंसिर ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दुई जना कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ । ती दुवैलाई गए राति आ आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ ।

    पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं। ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए ।

    मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए ।

    उक्त उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राती पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार