काठमाडौँ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लागेको एक नेपाली र एक थाई नागरिकलाई घाइते अवस्थामा अस्पताल लैजाँदै गरेको भिडिओ सार्वजनिक गरेको छ।
आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ।
उक्त भिडिओमा एक जनालाई डोहोर्याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ।
आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ।
उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ।
द न्युयोर्क टाइम्सले उक्त दृश्य गजाको अल-सिफा अस्पतालको रहेको पुष्टि गरेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
गत असोज २० (अक्टोबर ७) गते बिहान हमासले गजापट्टी सिमानातर्फको इसराइली भूभागका आकाश र जमिनबाट आक्रमण गरेको थियो।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।
हमासले त्यसदिन इसराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए। बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इसराइलले नेपाल सरकारलाई जानकारी दिइसकेको छ।
आइतबार रातिमात्रै आइडिएफले पनि विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ। दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ।
आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगिएको नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ।
https://twitter.com/i/status/1726319791865016493
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend