काठमाडौं । इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध चर्किदै गएपछि उक्त द्वन्द्व रोक्नेबारे एक सम्झौतानजिक पुगेको छ ।
सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ ।
आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ ।
६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षलाई कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने उल्लेख छ ।
पहिलो पटक ५० भन्दा बढी बन्धकको रिहाइ हुनुपर्ने र त्यसपछिका प्रत्येक २४ घण्टामा त्यसभन्दा कम बन्दक रिहाइ गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको वासिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
गाजामा बन्दी बनाइएका २३९ जनामध्ये कति जनालाई यो सम्झौताअन्तर्गत रिहा गरिनेछ भन्ने स्पष्ट छैन ।
उक्त सम्झौताअन्तर्गत गाजामा इजिप्ट हुँदै इन्धन र अन्य महत्वपूर्ण मानवीय सहायता बढ्ने अपेक्षा पनि गरिएको छ ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend