Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड आज तनहुँ जाँदै


    शुक्रबार, मंसिर १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) तनहुँको आँबुखैरेनी जाने भएका छन् । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न जाने भएका हुन् ।

    बिहान ११ बजे अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । प्रधानमन्त्रीले तनहुँको आवुँखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटन पछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका कार्यक्रम रहेको छ ।

    आँबुखैरेनी गाउँपालिका साबिकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँ लगायत छिमेकी जिल्ला गोरखा,लमजुङ र चितवनका केही भेगका बासिन्दा समेत लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार