तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रबार) तनहुँको आँबुखैरेनी जाने भएका छन् । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न जाने भएका हुन् ।
बिहान ११ बजे अस्पतालको प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । प्रधानमन्त्रीले तनहुँको आवुँखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुरुमा राजनीतिक कार्यकर्ता भेटघाट, अस्पताल र पुल उद्घाटन पछि जनप्रतिनिधिसँग अन्तरक्रिया लगायतका कार्यक्रम रहेको छ ।
आँबुखैरेनी गाउँपालिका साबिकको वडा नं २ र ३ को कार्यालय रहेको नवनिर्मित भवन र सामुदायिक भवनलाई अस्पतालमा परिणत गरी एक वर्ष अघिदेखि अस्पताल सञ्चालनमा ल्याइएको छ । उक्त अस्पताल सञ्चालनमा ल्याइएसँगै तनहुँ लगायत छिमेकी जिल्ला गोरखा,लमजुङ र चितवनका केही भेगका बासिन्दा समेत लाभान्वित हुँदै आएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend