काठमाडौं । वाणिज्य बैङ्कहरूले आगामी मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन्। बैंकहरुले भोलि मङ्सिर १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन् । जहाँ एक दर्जनभन्दा बढी बैंकहरुले ब्याजदर घटाएका छन् भने, एक बैंकले मात्रै बढाएको छ ।
बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गर्दै आइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्था अनुसार वाणिज्य बैंकहरुले मंसिरका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् ।
चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले निक्षेप ब्याजदर बढाएका थिए भने, चारले घटाए र दुई बैंकले स्थिर राखेका थिए । त्यस्तै, भदौमा १२ वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाए, ४ वटाले घटाए र ४ बैंकले ब्याजदर स्थिर कायम गरेका थिए ।
कार्तिक महिनामा १४ बैंकहरुले आफ्नो ब्याजदर घटाएका थिए । भने, दुई वटाले बढाए र ४ वटा बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको देखिन्छ । जुन भदौ महिना यता अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै आएका छन् ।
मङ्सिर महिनाका लागि माछापुच्छ्रे बैंकले मात्रै आफ्नो मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । जहाँ बैंकले कार्तिक महिनामा ९।९९ प्रतिशत रहेको ब्याजदरलाई ०।६१ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएको छ । भने, सबैभन्दा बढी एनआईसी एसीया बैंकले २.०४ प्रतिशत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ ।
त्यस्तै, मंसिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, स्टयाडर्ड चार्टट बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।
त्यसैगरी, नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज् बैंक र सिद्धार्थ बैंक बैंकले कार्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
कुन बैंकको कतिः

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend