Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा चिकुनगुनियाको पहिलो खोप स्वीकृत


    शनिबार, कार्तिक २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले घातक रोग चिकनगुनिया विरुद्धको विश्वको पहिलो खोपलाई स्वीकृत गरेको छ । यो लामखुट्टेबाट सर्ने रोगले उच्च ज्वरो र जोर्नी दुख्ने गर्छ र शिशुहरूको लागि घातक हुन सक्छ।

    एफडीएको स्वीकृति पछि यो खोप छिट्टै विश्वभर उपलब्ध हुने अपेक्षा गरिएको छ। हाल चिकनगुनियाको उपचारको लागि कुनै खास औषधि छैन।

    यो वर्ष सेप्टेम्बरमा मात्रै ४ लाख ४० हजार चिकुनगुनियाका बिरामी परेका छन् भने ३५० जनाको मृत्यु भएको छ । यो वर्ष सबैभन्दा बढी चिकुनगुनियाका बिरामी दक्षिण अफ्रिका र दक्षिण एसियाका थिए ।

    यस भ्याक्सिनको नाम इक्सचिक हो र एफडीएका अनुसार यसलाई १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले प्रयोगको लागि स्वीकृत गरेको छ। यो युरोपको वालनेवाले विकास गरेको हो र यसलाई एकै सटमा लिनुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार