Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको ज्यान गयो


    शुक्रबार, कार्तिक २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • गाजापट्टी। इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको ज्यान गएको छ।

    प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।

    इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर ध्वस्त पार्न जेनिनमा छापा मारेको थियो । जसले अगस्ट ३१ मा १ इजरायली सिपाहीको हत्या गरिएको थियो ।

    इजरायली सेनाको रेडियो, आईडीएफ र प्रत्यक्षदर्शीहरूले समाचार संस्था सीएनएनलाई जनाएअनुसार इजरायली सेनाले झडपपछि कम्तिमा एउटा ड्रोन हमला पनि गरेको थियो ।

    आईडीएफ र प्रत्यक्षदर्शीद्वारा सिएनएनलाई प्राप्त भिडियोहरूले शहरमा भारी सैन्य उपस्थिति चित्रण गरेको छ । प्यालेस्टाइनी विद्रोही र इजरायली सेनाले गोली चलाएको सुनिन्छ।

    कम्तिमा एक दर्जन बख्तरबंद गाडीहरू सहरका सडकहरूमा देख्न सकिन्छ । र, सशस्त्र बुल डोजरहरू सडक र घर भत्काउँदैछन् । सीएनएनले प्राप्त गरेको भिडियोमा अपरेशन पछि शिविरमा पर्चाहरू खसालिएको समेत देखाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार