Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरलाई प्रधानमन्त्रीको आह्वान


    मंगलबार, कार्तिक २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।

    भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम् विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको महासंघले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार