Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस महासमिति बैठक फेरि सर्यो , पुस १६ मा बस्ने


    मंगलबार, कार्तिक २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस महासमिति बैठकको मिति फेरि सरेको छ ।

    पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको बताए । कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका दिन महासमिति बैठक राख्ने भएको हो ।

    पहिले मंसिर १३ देखि १६ मा गर्ने निर्णय भएको थियो । सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएको थियो ।

    अहिले जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण बैठक सारिएको उनले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार