Smoke is seen in the Rehovot area as rockets are launched from the Gaza Strip, in Israel October 7, 2023. REUTERS/Ilan Rosenberg TPX IMAGES OF THE DAY
एजेन्सी। मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तिमा ३३ जनाको ज्यान गएको छ।
इजरायली सेनाले गरेको सो आक्रामणमा परी अन्य १०० जना घाइते भएका छन्। देर अल बालाहको अल अक्सा सहिद अस्पतालका नर्सिङ प्रमुख डाक्टर खलील अल डाकरानले सीएनएनलाई बताए अनुसार सो घटनामा इजरायललाई जिम्मेवार ठहराएका छन्।
तर, इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यस क्षेत्रलाई लक्षित गरेको हो कि भनेर गरिएको प्रश्नमा तत्काल कुनै टिप्पणी गरेको छैन। डाक्टर अल डाकरानले धेरै पीडित महिला र बालबालिका रहेको र अस्पतालमा थप शव ल्याउने क्रममा मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्।
अल अक्सा अस्पतालमा खिचिएको भिडियोमा सेतो तार पाल मुनि राखिएको धेरै शव र पाँच बालबालिकाको देखाइएको छ। अल मगाजी शिविरका निवासी जमाल अल अलौलले भने कि उनी सुतिरहेका थिए जब अचानक पूरै भवन हामीमाथि खस्यो। सो घर खस्दा आफ्ना दुई बालबालिकाको मृत्यु भएको उनले बताएका छन्।
उनले भवनमा धेरै मानिस रहेको र अरु कत्ति जनाको हत्या भएको छ ? त्यो अहिले नै एकिन गर्न नसकिने जनाएका छन् । ‘मैले रातो बत्ती देखेँ, त्यसपछि हामी सोफामा हल्लिरहेका थियौं, मेरा सबै दिदीबहिनीहरू चिच्याइरहेको थिए, जब मैले आफूलाई जिउँदै पाएँ, मैले अझै पनि कोही जीवित छन् कि भनी हेरेको थिएँ तर कोही जीवित थिएनन्,’ अर्का शिविर निवासी समह शाकौराले भने।
अल मगाजी शरणार्थी शिविर वादी गाजाको दक्षिणमा तटीय एन्क्लेभको मध्य भागमा अवस्थित छ। संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सीका अनुसार शिविर साँघुरो गल्लीहरू र ०.६ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा बसोबास गर्ने ३३ हजार भन्दा बढी मानिसहरूको साथ उच्च जनसंख्या घनत्व रहँदै आएको छ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend