Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्धक रिहाइका निम्ति गाजामा युद्ध रोक्न अमेरिकी राष्ट्रपतिको आग्रह


    बिहिबार, कार्तिक १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हमासले बन्धक बनाएका नागरिकको रिहाइका निम्ति गाजामा केही सयम युद्ध रोक्न अमेरिकी राष्ट्रपति जो बाइडेनले आग्रह गरेका छन् । बाइडेनले युद्धविरामको आह्वान भने गरेका हैनन् ।

    गाजामा इजरायलले ठूलो आक्रमण जारी राखेको छ । त्यहाँ हालसम्म करिब आठ हजार ८०० मानिसको मृत्यु भइसकेको बताइएको छ ।

    धेरै देशहरूले युद्धविरामको माग गरिरहेका छन् । अमेरिकाले भने मानिसलाई गाजाबाट निकाल्न छोटो समयका निम्ति मात्र युद्ध रोक्न सहमति जनाएको छ ।

    यसबीच इजिप्टतर्फको सीमा रफाह क्रसिङ हुँदै गाजाबाट थप मानिस बाहिरिने अपेक्षा गरिएको छ । हिजो (बुधबार) रफाह ‘पास’बाट विदेशी राहदानी बोकेका ३३५ र ७६ जना गाजाका घाइते नागरिक इजिप्ट पुगेका थिए ।

    इजरायली सेनाले आफ्नो जेट विमानले जबलियामा रहेको हमासको अखडामा आक्रमण गरेको र दुई लडाकु मारिएको दाबी गरेको छ ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार