काठमाडौं। व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा दिइएको माफीविरुद्ध परेको रिटमा बहस अन्तिमतिर पुगेको छ। हिजो मंगलबार बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको थियो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि हेर्दा हेर्दैका लागि आजका लागि राखिएको थियो। आज दोस्रो दिनको बहस सर्वोच्चको पूर्ण इजलासमा सुरु भएको छ।
भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस सकिएर सरकारी पक्षले बचाउ बहस गरिरहेको छ। नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले मंगलबारको निरन्तर बहस सुरु गरेका छन्। उनीपछि रिगल, राष्ट्रपति कार्यालय सहित प्रतिवादीका कानुन व्यवसायीहरुले बहस गर्नेछन्। उनीहरुको बहसपछि निवेदकले जवाफी बहसका लागि केही समय पाउनेछन्। जवाफी बहस आजै सकेर फैसला सुनाउने सर्वोच्चको तयारी छ। सर्वोच्चले रिगललाई पुन थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्णय सुनाउनेछ।
यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुन पक्राउ पर्नेछन्। उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ।
मंगलबार महान्यायाधिवक्ता दिनमणी पोखरेल, नायव महान्यायाधिवक्ता विश्वराज कोइराला र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा वहस भएको थियो। उनीहरुले माफी दिने निर्णय बदर गर्दै रिगललाई पुन थुनामा पठाउनुपर्ने माग गरेका थिए।
उनीहरुले बालकृष्ण ढुङ्गेलदेखि सर्वोच्चबाट भएका विभिन्न फैसलाको आधारमा रिगलले माफी पाउन नहुने जिकिर गरेका थिए। जवाफमा महान्यायाधिवक्ता पोखरेलले माफी नभई सजाय छुट मात्र भएको दाबा गरेका थिए। उनले ४० प्रतिशत कैद भुक्तान गरेको र असल चालचलनको आधारमा सजाय छुट मात्र दिएको र यो कुरा कानुनले पनि दिएको दाबा गरेका थिए।
रिगलले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेका थिए। उनलाई जिल्ला,उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। घटनामा संलग्न छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनिष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रितम थापालाई ३/३ वर्ष कैद सजाय भएको थियो।
जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै चेतन पत्नी भारतीले कसुरदारलाई पुनः कैद गरिपाऊँ भनी रिट दायर गरेकी थिइन्।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend