Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रिगलको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला


    बिहिबार, कार्तिक १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने जानकारी दिएको हो ।

    संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल कारागारबाट मुक्त भएका थिए ।

    तर ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै गत १७ असोजदेखि माइतीघरमा अनशन सुरु गर्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।

    दशैं बिदामा अनसन स्थगित गरेकी उनले ११ कात्तिकदेखि फेरि रिले अनसन जारी राखेकी छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार